यो निर्वाचन धेरै परिस्कृत भएको छ : आयुक्त भण्डारी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेश प्रमुखलाई प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम निर्वाचन परिणाम प्रतिवेदन बुझाएको छ ।

शनिवार निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई निर्वाचनको अन्तिम परिणाम प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदन बुझाएपछि निर्वाचन आयुक्त भण्डारीले लुम्बिनी प्रदेशमा २२ वटा राजनीतिक दलहरुको धरौटी जफत भएको बताउनु भयो । उहाँले पहिला भन्दा यस पटकको निर्वाचन धेरै परिस्कृत भएको छ । उहाँले निर्वाचन सुसम्पन्न गर्नका लागि आयोगलाई सबै क्षेत्रबाट महत्वपूर्ण सहयोग भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन सुसम्पन्न गर्नका लागि हामीलाई सबै क्षेत्रबाट सहयोग भएको छ । हामीले यस पटकको निर्वाचनमा स्थानीय तहको र प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा धेरै सहयोग भएको छ । लुम्बिनी प्रदेशको प्रदेश सभातर्फ ८७ जना निर्वाचित हुनुभएको छ, जसमा पुरुष ५४ र महिला ३३ जना हुनुहुन्छ । प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ ३२ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।’
त्यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सम्पूर्ण विवरणसहितको नामावली आएको भए प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयलाई सहज हुने बताउनु भयो । उहाँले संवैधानिक प्रक्रिया भित्र नै रहेर प्रदेशले आगामी कार्यक्रमहरु अघि बढाउने बताउनु भयो । उहाँले यो निर्वाचन विगतका निर्वाचन भन्दा धेरै फरक र धेरै राम्रो भएको बताउनु भयो ।

गत मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनको मत परिणाम आज (शनिवार) एकैसाथ प्रदेश प्रमुखहरुलाई बुझाइएको हो । प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?