परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा गौतम

Read Time = 3 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषको अध्यक्षमा पत्रकार हरिकृष्ण गौतम निर्वाचित हुनुभएको छ ।
शनिबार (आज) बेनीमा सम्पन्न कोषको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिबेशनले पत्रकार गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कोषको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्षमा लोकबहादुर पुन, महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप खत्री र सचिवमा दिपक श्रेष्ठ रहनुभएको छ ।

समितिको सदस्यहरुमा कृष्ण जिसी, दिलकुमारी पुर्जा, सन्तोष गौतम, सचिन शाक्य, कमल खत्री, टकसरा राना, नन्दकुमार पाईजा, नेत्रराज सुवेदी र मिना राम्जाली रहनुभएको छ ।

अधिवेशनको उदघाट्न प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा ( खम्विर) ले गर्नुभएको थियो । उहाँले कोषको “सहयात्रा– ३” स्मारिकाको विमोचन गर्नुभएको थियो ।

गर्वुजाले स्थापनाकालदेखि ओमकुमारी शान्तिकोषको आर्थिक सहयोगबाट गरिब तथा विपन्नको जीवन बचाउन सफल भएकोमा संस्थालाई धन्यवाद दिदै आगामी दिनमा निरन्तरता दिन आग्रह गर्नुभएको थियो । उहाँले आगामी दिनमा जिल्लाको स्वास्थ्य क्षेत्रको समस्या समाधान र पुर्वाधार निर्माणमा विशेष ध्यान दिने बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी र रेशम जुग्जालीले ओमकुमारी शान्ति कोषको गरिमालाई आगामी दिनमा उच्च राख्दै अगाडी बढ्न कोषको समितिलाई आग्रह गर्नुभयो । उहाँले जिल्लाको स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई छिटो समाधानतर्फ ध्यान दिने जोड दिनुभएको थियो । साधारणसभामा नेपाली कांग्रेसका उपसभापति कर्णबहादुर भण्डारी (केवी) मंगला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्णबहादुर खत्री, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कोषको संरक्षक सदस्यमा ४१ जना, आजिवन सदस्य ८८० जना रहेको संस्थाले आर्थिक संकलन र कोषको प्राप्त ब्याजबाट हालसम्म २७९ जनाको उपचारमा आर्थिक सहयोग गरेको छ । कोषले छिट्टैनै २ करोड ५० लाख रुपैयाँको अक्षकोष घोषणा गर्ने लक्ष लिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?