सिड्नी । अष्ट्रेलियाको बिग ब्यास लिग क्रिकेटमा सिड्नी थन्डर एडिलेड स्ट्राइकर्ससँग १५ रनमै अलआउट भएको छ । यो पुरुषतर्फ टी-२० इतिहासकै कम योगफल हो । यसअघि टी-२० क्रिकेटमा सबैभन्दा कम योगफल २०१९ मा टर्की चेक रिपब्लिकनविरुद्ध २१ रनमा अलआउट भएको थियो । जितका लागि १४० रनको विजयी लक्ष्य पछ्याएको सिड्नी ५.५ ओभरमा १५ रनमा अलआउट भएको हो ।
बिग ब्यासमा यसअघि सबैभन्दा कम योगफल २०१५ मा मेलबर्न रेनेगड्स मेलबर्न स्टार्ससँग ५७ रनमा अलआउट भएको थियो । एडिलेडका तीव्र गतिका बलर हेनरी थोरन्टनले २.५ ओभरमा १ मेडनसहित ३ रन खर्चेर ५ तथा वेस अगरले २ ओभरमा ६ रन खर्चेर ४ विकेट लिएपछि सिड्नीको पारी ध्वस्त भएको थियो ।
सिड्नीका पाँच खेलाडीले खाता खोल्न सकेनन् । दुवै ओपनर एलेक्स हेल्स र म्याथ्यु गिल्केस शून्यमा आउट हुनुभयो । राइली रोसो ३, कप्तान जेसन संघा, एलेक्स रोस २, ड्यानिल साम्स र ओलिभर डेभिस एक÷एक रनमा आउट हुनुभयो । टोलीका लागि सर्वाधिक रन १०औँ नम्बरका ब्याटर ब्रेन्डन डगेटले एक चौका प्रहार गर्दै ४ रनमात्रै जोड्न सक्नुभयो । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका