क्लब विश्वकपमा ३२ टोली

Read Time = 1 min

दोहा । फिफा क्लब विश्वकपमा ३२ टोलीको सहभागिता हुने भएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एसियाली राष्ट्र कतारमा भइरहेको फिफा विश्वकपको फाइनलअघिको पत्रकार सम्मेलनमा सन् २०२५ बाट सुरु हुने क्लब विश्वकपमा ३२ टोली सहभागी हुने बताउनुभएको हो ।

फिफाले यसअघि नै क्लब विश्वकपको घोषणा गरे पनि सन् २०१९ को अन्त्यतिरबाट चीनबाट सुरु भएको कोरोना भाइरसका कारण कार्यक्रम स्थगित गरेको थियो । त्यहीबीच युरोपका ठूला क्लबहरूले फिफाको यो प्रस्तावलाई अस्वीकार गरेका थिए ।

क्लब विश्वकपको पहिलो संस्करण सन् २०२५ मा हुनेछ । फिफाले अहिलेसम्म सात महादेशका उत्कृष्ट सात टोलीको सहभागितामा क्लब विश्वकप आयोजना गर्दै आएको थियो । त्यसमा परिमार्जन गर्दै फिफाले अब क्लब विश्वकपमा ३२ टोली हुने घोषणा गरेको हो । क्लब विश्वकपको पछिल्लो उपाधि इंग्लिस क्लब चेल्सीले जितेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?