पाकिस्तानी अलराउण्डर विराटनगरबाट खेल्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पाकिस्तानका अलराउण्डर हुसेन तालतले नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किंग्सबाट खेल्नुहुने भएको छ । अर्को साताबाट सुरु हुने प्रतियोगिताका लागि विराटनगरले तालतलाई टोलीमा अनुबन्ध गरेको हो ।

तीव्र गतिका बलिङ अलराउण्डर हुसेनले पाकिस्तानबाट १ ओडिआई र १८ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । २६ वर्षीय उहाँ मध्यक्रमको ब्याट्सम्यान पनि हुनुहुन्छ । टी २० मा उहाँले २ अर्धशतकसहित कुल ३९४ रन बनाउनुभएको छ । उहाँले ४ विकेटसमेत लिनुभएको छ । २०१८ मा वेस्टइण्डिजविरुद्ध कराँचीमा भएको पाकिस्तानको टी-२० टोलीबाट उहाँले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएको थियो ।

विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल हुनुहुन्छ । यस्तै, टोलीमा रोहितसँगै अर्जुन साउद, नन्दन यादव, विवेक यादव, साहब आलम, नारायण जोशी, सूर्य तामाङ, अमरसिंह राउटेला, प्रदीप ऐरी, पृथु बाँस्कोटा र रिजन ढकाल रहनुभएको छ ।
प्रतियोगिता २३ डिसेम्बरदेखि १० जनवरीसम्म टियु मैदानमा हुने तालिका रहेको छ । विराटनगरले पहिलो खेल २४ डिसेम्बरमा लुम्बिनी अल स्टार्ससँग खेल्नेछ । ६ टोली सहभागी हुने प्रतियोगिता डबल राउण्ड रोविनका आधारमा हुनेछ ।

यस्तै, लुम्बिनी अल स्टारले आफ्नो जर्सी सार्वजनिक गरेको छ । दीपेन्द्र सिंह ऐरी लुम्बिनीको मार्की खेलाडी रहनुभएको छ । लुम्बिनीमा ऐरीका अलावा कुशल भुर्तेल, सागर ढकाल, अनिलकुमार शाह, गुल्सन झा, किशोर महतो, तिलकराज भण्डारी, योगेन्द्र सिंह कार्की, सुनिल धमला, इशान पाण्डे तथा आकाश चन्द रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?