मोरक्कोलाई हराउँदै क्रोएशिया बन्यो तेस्रो

Read Time = 2 mins

दोहा । शनिबार भएको प्लेअफमा मोरक्कोलाई क्रोएसियाले दुई-एक गोलअन्तरले पराजित गरेको छ । सुरुवातमा नै क्रोएसियाले अग्रता लिएको थियो । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाउनुभएको थियो । तर, दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काउनुभएको थियो ।

मिस्लाभ ओरसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाउनुभयो । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि गोल हुनसकेन र खेल क्रोएसियाले आफ्नो पक्षमा पार्न सफल भयो ।

क्रोएसियाले यसअघि सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हात पारेको थियो । त्यतिबेला क्रोएसियाले नेदरल्याण्डलाई दुई-एक गोल अन्तरले नै हराएको थियो ।​ ​मोरक्कोले भने पहिलोपटक तेस्रो स्थानका लागि खेलेको हो । पहिलोपटक सेमिफाइनल पुग्ने अफ्रिकी टोलीको इतिहास रचेको मोरक्को फ्रान्ससँग पराजित भएको थियो ।

कतार विश्वकपको फाइनल खेल आज (आइतबार) हुनेछ । जहाँ साविक विजेता फ्रान्स र लियोनल मेस्सीको टिम अर्जेन्टिना आमनेसामने हुनेछन् । यो खेल दोहाको लुसेल रंगशालामा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?