लोक नृत्य प्रतियोगिता सम्पन्न

Read Time = 2 mins

काठमाडौं । तरकेश्वर नगरपालिकाको आयोजनामा मनमैजु सांस्कृतिक समाजको तेस्रो प्रस्तुति लोक नृत्य प्रतियोगिता काठमाडौंको जमलस्थित रास्ट्रिय नाचघरमा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सर्मिला बुर्लाकोटि मनमैजु सांस्कृतिक समाजका अधक्ष ध्रुर्वराज खड्काले संयुक्तरूपमा उद्घाटन गर्नुभएको प्रतियोगितामा ३० टिम सहभागी थिए ।

प्रतियोगितामा रोज महर्जन, रतिश थपलिया, सायरा बोगटी, अनुस्का कार्की, सुनिल तामाङ, सुजता भण्डारी, नृत्य प्रतियोगितामा प्रथम, दास्रो, तेस्रो र सान्त्वना तीन क्रमशः हुनुभएको थियो । विजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रथम विजेतालाई ३५ हजार, दोस्रोलाई २५ हजार तेस्रोलाई १५ हजार त्यस्तै शान्तवना तीनजनालाई १० हजार नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो । नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा निर्देशकहरू कृष्णभक्त महर्जन, अनिता श्रेष्ठ, एलिजिबा पुर्जा पुन, नरेश ऐर, निरेन श्रेष्ठ निणायक र निणायक संयोजक रहनुभएको थियो ।

मनमैजु सांस्कृतिक समाजका अध्यक्ष ध्रुर्वराज खड्को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम सञ्चालन गायिका तथा जनता टेलिभिजन कार्यक्रम प्रस्तोता शोभा त्रिपाठीले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापकमा उत्तम अर्याल कोदे रहनुभएको थियो भने सहयोगी संस्था र सहयोगी टिमलाई प्रशंसा पत्र र कदर पत्र दिइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?