नेक्सन इभीले दियो तीन सय ४७ किमी माइलेज

Read Time = 2 mins

काठमाडौं । टाटा मोटर्सले शनिबार नेक्सन इभी रेञ्ज टेस्ट २०२२ आयोजना गरेको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिद्वारा काठमाडौंमा आयोजित टेष्ट कार्यक्रम सिप्रदीको नैकाप कार्यालयबाट कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, दरबारमार्ग, महाराजगञ्ज हुँदै हायात रिजेन्सीसम्म पुगेको थियो ।

विद्युतीय गाडीमा ड्राइभिङ अनुशासन, चालकको सीप परीक्षणसमेत गरिएकोमा सलिम श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले तीन सय ४७ किलोमिटरको रेञ्चमा गाडी कुदाउनुभएको थियो ।

विद्युतीय गाडीको ब्याट्री कति टिक्छ भन्ने ड्राइभिङमा भरपर्ने गर्छ । आयोजकका अनुसार पहिलो हुनेले ८७ वाट आवर प्रतिकिलोमिटरमा गाडी कुदाएकोमा दोस्रोले ९१ वाट आवर प्रतिकिलोमिटर ब्याट्री खपत गरेका थिए भने तेस्रोले ९४ वाट आवर खपत गरेका थिए ।

पहिलो हुनेले सामसुङ टिभी, दोस्रोले ओभन र तेस्रोले भ्याकुम क्लिनर प्राप्त गरेका छन् । सो अवसरमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा विद्युतीय पूर्वाधारको तयारीपछि मात्रै नेक्सन इभी भित्र्याएको जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?