मनकामना बजारमा पनि क्युआर भुक्तानी

Read Time = 2 mins

काठमाडौं । धार्मिक तथा पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रूपमा स्थापित भएको छ । अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनै पनि पसलमा क्युआरमार्फत् भुक्तानी गर्न सकिनेछ । शुक्रबार एक कार्यक्रमबीच मनकामना बजारलाई डिजिटल बजारका रूपमा घोषणा गरिएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरूप्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रूपमा उद्घाटन गर्नुभयो । एनएमबी बैंक र फोनपेको सक्रियतामा डिजिटल बजारका रूपमा घोषणा गरिएको फोनपेले जनाएको छ ।

सो अवसरमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, शहीद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, मनकामना जीर्णोद्धार समिति, मनकामना मन्दिरका मूल पुजारी, उद्योग वाणिज्य संघ इकाई समिति, खानेपानी तथा सरसफाइ समिति, माई मनकामना बचत तथा ऋण सहकारी संस्था, साना किसान बचत तथा ऋण सहकारी संस्थालगायत स्थानीय व्यवसायीको उपस्थिति रहेको थियो ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?