हिमा गाउँपालिकाद्धारा गाउँमै स्वास्थ्य शिविर संचालन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले गाउँमै स्वास्थ्य सेवा दिन थालेको छ । सो पालिकाको वडा – १ बड्की गाउँमा एकिकृत निशुल्क स्वास्थ्य घुम्ति शिविर संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।

गाउँपालिकाको पहलमा विशेषज्ञ डाक्टरसहित गाउँमा घुम्ति शिविर गरिएको हो । अध्यक्ष शाहीले भन्नुभयो, “गाउँमै स्वास्थ्य शिविर बसेपछि सेवा लिने स्थानीयवासिको भिडभाड बढेको छ । गाउँपालिकाको आयोजना तथा कादुरी एग्रिकल्चरल एण्ड एशोशियशन बिट्रिस गोर्खाजु नेपाल कास्कीको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको सो शिविरमा पहिलो दिन विभिन्न रोगका करिब तीन सय ७६ जनाले सेवा लिएको अध्यक्ष शाहीको भनाइ छ ।”

हिमा गाउँपालिकाका स्थानीयवासिले स्त्रीरोग सम्वन्धी जाँच तथा उपचार, आखाँ जाँच तथा मोतियाविन्दुको सल्याक्रिया, दातको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार सेवा दिनुका साथै चिकित्सकको सल्लाह अनुसार औषधी वितरण गरिएको छ । नौ जना आखाका विरामीको मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिनुभयो ।

पालिकाको बड्की, देवारगाउँ, आचार्यलिही, मोफ्ला, ओदी, जोगिवाडा, वाजागाडा सहित आसपासका अन्य गाउँका मानिसहरु पनि निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्ने आएकाछन् । गाउँमै स्वास्थ्य शिविर संचालनमा आएपछि यहाँका नागरिकलाई निकै राहत मिलेको स्थानीयवासि खम्बा शाहीले जानकारी दिनुभयो ।

हिमाका नागरिकको आधारभुत आवश्यकता मध्ये स्वास्थ्य जाँच पनि एक भएको र अब पालिकाले गाउँ केन्द्रित सेवा दिन जनप्रतिनिधि र कर्मचारी लागि पर्ने बताइएको छ । यहाँका स्थानीयवासिको अपेक्षा अनुसार काम गरिने हिमा गाउँपालिकाले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?