धनगढी । कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको र गोली लागेर एक जना घाइते भएको मालाखेती प्रहरी जनाएको छ । यसअघि दुई जना घाइते भएको भनिए पनि एक जनामात्रै घाइते भएको प्रहरीको भनाइ छ ।
अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै चलेको गोली लागेर सुनचाँदी व्यवसायी विकास सुनार घाइते भएका हुन् । सुनारको दाहिने हात र ढाडमा गोली लागेको छ । कस्ले र किन गोली चलायो भन्ने बारेमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतिका सूचना अधिकारी प्रहरी निरीक्षक वासुदेव भट्टका अनुसार कैलाली गोदावरी नगरपालिका २ सशस्त्र क्याम्प अगाडी पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको सेतो कलरको अपाचि मोटरसाइकलमा आएका दुई जनाले गोली चलाएका थिए ।
उक्त स्थानमा प्रहरी निरीक्षक बासुदेव भट्टको कमाण्डमा ११ जनाको प्रहरी टोली खटाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका