हिटिङ पौडी पोखरी सञ्चालनमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि सञ्चालनमा आएको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले पौडी पोखरीको शुभारम्भ गर्नुभयो ।

सर्वसाधारणका लागि प्रतिसिफ्ट पाँच सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधाबाहेक प्रतिव्यक्ति एक महिनाको १० हजार तथा तीन महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ । प्रशिक्षणको सुविधासहित एक महिनाको १२ हजार तथा तीन महिनाको ३० हजार सदस्यता शुल्क निर्धारण गरिएको छ ।

पौडी पोखरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म ४ सिफ्टमा सञ्चालन हुने पौडी पोखरीका प्रमुख देवराज कट्वालले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?