तेहरान । इरानमा सरकारविरोधी प्रदर्शनकारीलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ पर्नुभएको छ । सरकारी सञ्चारमाध्यम इर्नाका अनुसार तरानेहलाई प्रदर्शनका सम्बन्धमा ‘झुट फैलाएको’ आरोपमा पक्राउ गरिएको हो । गत हप्ता तरानेह अलिदोस्तीले हिजाबविरुद्धको विरोध समर्थनमा उहाँले इन्स्टाग्राममा एक पोष्ट गर्नुभएको थियो ।
उहाँले इन्स्टाग्राममा हिजाब बिनाको आफ्नो तस्वीर राख्नुभएको थियो । आन्दोलनमा संलग्न भएको भन्दै मोहसेन शेकरी नामका व्यक्तिलाई दिइएको मृत्युदण्डको पनि अभिनेत्रीले आलोचना गर्नुभएको थियो । मोहसेन शेखरीलाई ‘दंगा’ गरेको आरोपमा फाँसी दिइएको थियो ।
ओस्कार विजेता चलचित्र ‘द सेल्सम्यान’ को अभिनयका लागि ३८ वर्षीया तरानेह अलिदोस्ती निकै प्रख्यात हुनुहुन्छ । आफ्नो पोष्टमा उहाँले मोहसेन शेखारीको सजायको विरुद्धमा केही नबोलेको भन्दै केही अन्तर्राष्ट्रिय संस्थालाई पनि निशाना बनाउनुभएको थियो ।
उहाँले लेख्नुभएको छ, ‘उहाँको नाम मोहसेन शेकरी थियो । यो रक्तपात देखेर कुनै कारबाही नगर्ने हरेक अन्तर्राष्ट्रिय संस्थाले मानवतालाई कलंकित गर्न लागेको छ ।’ तरानेहको ८० लाख फलोअर्स भएको इन्स्टाग्राम अकाउन्टमा प्रतिबन्ध लगाइएको छ । तरानेह आन्दोलन सुरु भएदेखि नै सरकारको कडा आलोचक हुनुहुन्थ्यो ।
हिरासतमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर इरानमा तीन महिनादेखि लगातार हिजाबविरुद्ध प्रदर्शन हुँदै आएको छ । पूरै टाउको ढाक्ने गरी हिजाब नलगाएको आरोपमा पक्राउ पर्नुभएकी २२ वर्षीया महसा अमिनीको गत भदौ ३१ गते प्रहरी हिरासतमा मृत्यु भएको थियो । उहाँले हिजाबको नियम तोडेको प्रहरीको आरोप थियो । त्यसयता इरानमा निरन्तर हिजाबविरुद्ध प्रदर्शन हुँदै आएको छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका