पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

एमबाप्पेलाई गोल्डेन बुट, मेसीलाई गोल्डेन बल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना चार-दुई गोलअन्तरले विजयी बनेको हो ।

पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिजाड्रो पाराडेज र गोन्जालो मोन्सियलले गोल गर्नुभयो । फ्रान्सका एमबाप्पे र कोलो मुआनीले गोल गरेपनि किङ्स्ले कोमनको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनजले बचाउनुभयो । यस्तै, फ्रान्सका आर्लियन चुवामेनीको प्रहार बाहिरियो ।

लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली तीन-तीन को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले दुई गोलको अग्रता बनाएको थियो । तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल दुई-दुई को बराबरी गर्नुभएको थियो ।

निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल तीन–तीन को बराबरीमा पुर्‍याउनु भएको थियो । त्यसपछि कुनै गोल हुनसकेन र खेल पेनाल्टीमा पुगेको थियो ।

सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

एमबाप्पेलाई गोल्डेन बुट, मेसीलाई गोल्डेन बल
फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जित्नुभएको छ । कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जित्नुभएको हो । एमबाप्पेले कतार विश्वकपको सात खेलमा आठ गोल गर्दै गोल्डेन बुट जित्नुभएको हो ।

उहाँले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जित्नुभएको हो । मेस्सीले सात खेलमा सात गोल गर्नुभयो । यसैगरी अर्जेन्टिनाका कप्तान मेस्सीले गोल्डेन बल अवार्ड जित्नुभएको छ । कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जित्नुभएको हो । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?