यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३० पैसा र बिक्रीमा १३२ रुपैयाँ ९० पैसा तोकिएको छ ।

युरोपियन युरो ३७ पैसाले ओरालो लागेर यसको एकको खरिदमा १४० रुपैयाँ ३ पैसा र बिक्रीमा १४० रुपैयाँ ३३ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ४ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १० पैसा र बिक्रीमा १० रुपैयाँ १५ पैसा, हङकङ डलर एकको खरिदमा १७ रुपैयाँ र बिक्रीमा १७ रुपैयाँ ७ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५१ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ४६ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ९३ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५२ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?