राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको छ । सोमबार बिहान बुढानिलकण्ठस्थित एक रिसोर्टमा बसेको दलको बैठकले लामिछानेलाई दलको नेता चयन गरेको हो ।

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ । यसअघि पार्टी प्रवक्ता मुकुल ढकालले दलको नेताका लागि चुनाव हुने बताए पनि सोमबार बिहान गोप्य रूपमा बसेको बैठकले लामिछानेलाई नै दलको नेता चुनेको हो ।

रास्वपा सभापति लामिछानेले सरकारमा जान विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र पार्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?