सबै दलहरु मिलेर काम गर्नुको विकल्प छैन : नेता खनाल

फाईल तस्बिर

Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै दलहरु मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सम्मानित नेता खनालले जनताले कुनैपनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताउनु भयो ।

उहाँले आगामी १ हप्ताभित्र सरकार कस्तो बन्छ भन्ने छिनोफानो भइसक्ने भन्दै सरकारले सही दिशा दिन सक्नुपर्ने बताउनु भयो । सम्मानित नेता खनालले बाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिएको बताउनु भयो । उहाँले संख्या पु¥याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे धेरै अगाडि पुग्न नसकिने बताउनु भयो । उहाँले लक्ष्य, योजनाको आधारमा सरकार बनाउनुपर्ने भन्दै जनताको जल्दाबल्दा समस्याहरु संसदमा उठान पार्टीका नेताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो त्रिशंकु संसद छ, कुनै एक पार्टीको बहुमत छैन, जनताले मिलेर काम गर भनेका छन् । त्यसैले यतिबेला जो कोहीले पनि मिलेर काम गर्नुको कुनै विकल्प छैन । सरकार कस्तो बन्छ भन्ने चर्चा छ । एक हप्तामा सरकार कस्तो बन्छ भन्ने दिशा आउँछ । वामपन्थी सरकार बन्नुपर्छ भन्नेकुरा पनि गरिरहेका छन्, वामपन्थी सरकार बन्ने आधारहरु हिजोको नेकपा एमालेको नेतृत्वले मोडेको छ । त्यसलाई नयाँ निर्माण गरिएको छैन । बाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिन्छ । यस्तो बेलामा हामीले कसरी अघि बढ्ने भन्ने विषयमा सोच्नुपर्छ । हामीले खालि संख्या पु¥याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे धेरै अघि जाँदैनौँ । लक्ष्य, योजनाको आधारमा सरकार बनाउनुपर्छ । जनताको जल्दाबल्दा समस्या उठाउनुपर्छ । आगामी ५ वर्षमा एकीकृत समाजवादीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्यबाट अघि बढ्नुपर्छ ।’

सम्मानित नेता खनालले आगामी ५ वर्षमा एकीकृत समाजवादीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्यबाट अघि बढ्नुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?