दुई किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङबाट पाँच जना पक्राउ

सांकेतिक तस्बिर

Read Time = 3 mins

मोरङ । सुन्दरहरैँचा नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत १४ वर्षीया दुई किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना, उक्त नगरपालिकाका वडा नम्बर ६ का २१ वर्षीय प्रताप तामाङ, वडा नम्बर ५ का २० वर्षीय बेन्जु चौधरी, वडा नम्बर ६ का २० वर्षीय पदम कार्की र वडा नम्बर ७ का ३२ वर्षीय विक्रम भण्डारी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

स्थानीय माध्यमिक विद्यालयमा अध्ययनरत दुवै जना किशोरी शुक्रबार विद्यालय गएका थिए । विद्यालयमा पढाइ नभएपछि उनीहरू सुन्दरहरैँचा–५ स्थित पर्यटकीयस्थल वृन्दावन गौशाला घुम्न गएका थिए । किशोरी उक्त ठाउँमा भइरहेको भलिबल प्रतियोगिता हेर्न गएक‍ोमा त्यही क्रममा गौशालामा समेत घुम्न गएको पाइएको प्रहरीले जनाएको छ ।

गौशालामा गाँजा खाने उछृङ्खल व्यक्तिहरूको जमघट हुने गरेको सूचनाका आधारमा खटिएका प्रहरी टोलीले सबैलाई लखेटेकोमा गौशालाबाट भाग्ने क्रममा किशोरीहरूको विद्यालयको किताब भएको झोला छुट्यो र त्यो बेवारिसे देखेपछि प्रहरीले लिएर आएको इलाका प्रहरी बेलबारीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताउनु भयो ।

त्यही क्रममा प्रताप, सचिन, बेन्जु र पदमले प्रहरीबाट झोला दिलाइ दिने भन्दै फकाएर सुन्दरहैँचा ३ गछियास्थित दरबार इन होटलमा दुवै जना किशोरीलाई शुक्रबार साँझ ल्याएर रातभरि राखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यहरूले घटनाबारे जानकारी पाएपछि स्थानीय केही राजनीतिक दलका अगुवा नेताले उक्त होटलमा नै बैठक गरेर घटना ढाकछोप गरिरहेको सूचना आएपछि तत्काल चारै जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक धमलाले बताउनु भयो ।

अनुसन्धानका क्रममा घटना उक्त होटलमा भएको खुलेपछि होटल सञ्चालक भण्डारीलाई समेत नियन्त्रणमा लिएर सोमबार जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?