आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

Read Time = 2 mins

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरूको संरक्षण र सम्मानका लागि आग्रह गर्नुभएको छ । उहाँले विश्वमा आप्रवासीहरूको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रम नभएको देखिएकाले सो आग्रह गर्नुभएको बताउनुभएको हो ।
विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरूको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीहरूलाई विना कुनै भेदभाव सम्मान गर्नुपर्ने र उनीहरूको संरक्षणको खाँचो रहेको महासचिव गुटरेसले बताउनुभएको हो ।

विश्व आप्रवासन दिवसका अवसरमा उहाँले जारी गरेको सन्देशमा सो कुरा बताउनुभएको हो । उहाँले विश्वमा पछिल्ला वर्षमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरूको संख्यामा पनि वृद्धि भइरहेको जानकारी दिनुभयो ।

विश्वमा कोरोना महामारीका कारण देखिएको समस्याले आर्थिक मन्दी ल्याएको र यसबाट काम गरेर खाने वर्गका आप्रवासीहरूमा पनि समस्या उत्पन्न भएको भन्दै अहिले विश्वका आप्रवासीहरूको समस्या समाधानका लागि सबै पक्ष लाग्नुपर्ने पनि बताउनुभयो ।

विश्वमा पछिल्ला वर्षमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासी देश छोडेर भाग्नुपर्ने अवस्था आएको र उनीहरू यस अर्को देशमा जाने क्रममा असुरक्षित यात्रा गर्न बाध्य भएकाले उनीहरूको सुरक्षाका लागि लाग्न विश्वका देशहरूलाई आग्रह गर्नुभएको हो ।

उहाँले मानवीय सहायताका क्षेत्रमा काम गर्न र उनीहरूका हक अधिकारका लागि सचेत रहन विश्वमा आप्रवासीहरू रहेका देशका सरकारहरूसँग आग्रह गर्नुभएको हो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?