सेयर बजारमा सामान्य सुधार

Read Time = 2 mins

काठमाडौं । सेयर बजार साताको पहिलो दिन आइतबार उच्च अंकले घटेकोमा दोस्रो दिन सोमबार भने सामान्य सुधार देखिएको छ । आइतबार साढे २७ अंकले घटेको नेप्से सोमबार भने ३.८३ अंकले बढेर १८५८.८९ अंकमा पुगेको हो । नेप्से सूचक बढे पनि कारोबार रकम २७ करोड १० लाखले घटेको छ । यस दिन दुई सय ५१ कम्पनीका २६ लाख ९९ हजार तीन सय ३१ कित्ता सेयर ३० हजार ८८ करोड ६० लाख ९८ हजार पाँच सय ६८ रुपैयाँमा कारोबार भएको छ । आइतबार एक अर्ब १५ करोडभन्दा बढीको कारोबार भएको थियो ।

सोमबार प्राइम कमर्सियल बैंकको सर्वाधिक छ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने फरवार्ड माइक्रोफाइनान्स पाँच करोड ४९ लाख, हिमालयन डिष्टिलरी चार करोड २७ लाख, नेपाल टेलिकम तीन करोड ७६ लाख र पिपुल्स हाइड्रोपावरको तीन करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । धौलागिरि लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खप्तड लघुुवित्त ६.०८ प्रतिशत, सिवाइसी नेपाल लघुवित्त ५.९८, नबिल ब्यालेन्स्ड फण्ड-२ को इकाईमूल्य ५.९० र रिलायन्स फाइनान्सको सेयर मूल्य ४.०३ प्रतिशतले बढेको छ ।

इष्टर्न हाइड्रोपावरको सेयर ७.९७ प्रतिशतले घटेर २६४.५० रुपैयाँमा झरेको छ भने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को इकाईमूल्य ७.७२, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त ६.७६, पिपुल्स हाइड्रोपावर ६.४० र बुद्धभूमि नेपाल हाइड्रोपावरको ५.६४ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?