काठमाडौं । एलजीको एयर सोलुसन्स सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । एलजीका विभिन्न उपकरणबारेमा सम्बन्धित व्यवसायीलाई एयर सोलुसन्स उपयोगिताका बारेमा जानकारी गराउने उद्देश्यले सम्मेलन गरिएको कम्पनीले जनाएको छ । सम्मेलन दुई सत्रमा विभाजित थियो । पहिलो सत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी एयर सोलुसन्सका विभिन्न उपकरणको प्रस्तुति दिनुका साथै सिजी इलेक्ट्रोनिक्सका विवेक ज्ञवालीले नेपालमा एलजी एयर सोलुसन्स र भावी योजनाबारेमा प्रस्तुति दिनुभएको थियो । दोस्रो सत्रमा ऊर्जा दक्षतामा प्रविधिको भूमिका विषयमा छलफल भएको थियो ।
उक्त सत्रमा चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी, एचभिएसी कन्सल्टेन्ट रविन्द्रनाथ भट्टराई, अल्टरनेटिभ इनर्जी प्रोमोसन सेन्टरका सहायक डाइरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट विभूतिमान सिंह, एलजी कोरियाका सियोन चोइ र काठमाडांै युनिर्भसिटीका सहायक प्रोफेसर निरञ्जन बस्ताकोटीले चर्चा गर्नुभएको थियो । दोस्रो सत्रमा कोरियाका राजदूत पार्क चोङ सुकको विशेष उपस्थिति रहेको थियो । चौधरी ग्रुपले एलजीसँग तीन दशकभन्दा बढी व्यावसायिक सहकार्य गर्दै आएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका