‘सरकारी विभेदका कारण यौन व्यवसाय अंगाल्न वादी युवतीहरू बाध्य’

हिमालय टाइम्स
Read Time = 4 mins

सुरेन्द्र थापा/हिटा
काठमाडौं । बादी समुदायबाट पहिलो पटक उच्च शिक्षा हासिल गरेका बादी युवतीहरूले सरकारले शिक्षामा विभेद गरेका कारण वादी युवतीहरू बाध्यात्मक यौन व्यवसाय अगाल्नु परको बताएका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै वादी समुदायबाट पहिलो पटक ब्यापारमा स्नाकोत्तर गरिरहनुभएकी देबीसरा बादी तथा अधिवक्ता बन्नुभएकी सीता वादीले व्यवस्था बदलिँदा पनि वादी समुदायको अवस्था नबलिएको भन्दै आक्रोश ब्यक्त गर्नुभयो । उहाँहरूले सरकार वादी छोरीहरूको शिक्षामा सहयोग पनि गर्दैन अनि कुनै संस्थाले पढाउँदा पनि कक्षा १० पछि संस्थाले पढाउन नपाउने कानुन हुँदा बिभिन्न सस्थामा पढिरहेका युवतीहरू यौन व्यवसायमा फर्किएको गुनासो गर्नुभयो । सुर्खेतको झुप्रा खोलाबाट लाइट हाउस नामक संस्थाले काठमाडौं ल्याएर पढाई दिएपछि आफैँ व्यापार गरीरहनुभएकी देवीसराले सरकार सहयोगी बन्ला भन्दा उल्टो बादी युवतीहरूलाई यौन व्यवसायमा लाग्न बाध्य बनाइरहेकोे गुनासो गर्नुभयो ।

‘पहिला हाम्रा आमा दिदीहरू अशिक्षाका कारण यौन व्यवसायमा लाग्ने गरेको भए पनि पछिल्लो समयमा शिक्षा हासिल गरे पनि आर्थिक कारणले उच्च शिक्षा पाएका बहिनीहरू घर खर्चका लागि यौन व्यवसायमा लागीरहेका छन् । नेपालका ग्रामिण क्षेत्रमा अहिले पनि एक प्याकेट बिस्कुटका लागि आफ्नो शरीर सुम्पन पर्ने अबस्था रहेको छ’, देवीसराको भनाइ थियो ।

आमाको नाममा नागरिकता बन्ने कानुन बने पनि अहिले पनि हजारौ युवाहरूको बाबुको पहिचान सरकारी निकायले खोज्दा नागरिकता बन्न सकेको छैन । तिनै तहका सरकार वादी समुदायका समस्या प्रति उदासिन बनेका कारण वादीका समुदायका समस्या जस्ताको तस्तै भएको उनीहरूको भनाइ छ । कार्यक्रममा बोल्दै देवीसरा र सीता वादीले २०६२ सालको उमा वादीहरूले गरेको पेटीकोट आन्दोलनको स्मरण गर्दे फेरि वादीहरू नांगै सिंहदरबार घेर्न पर्ने अबस्था आएको बताउनुभयो ।

नेपालका ३५ जिल्लामा ७० हजार जनसंख्या वादी समुदायको रहेको छ । २०४६ साल भन्दा पहिला पूर्ण रुपमा फिरेन्ते जातीका रुपमा रहेको वादी समुदाय पछिल्लो समय खोला किनारमा सुकुम्बासीका रूपमा बसोबास गर्दे आइरहेको छ । अब पनि सरकार उदासिन भए हजारै युवतीहरू भारतका विभिन्न सहरमा यौनकर्मी रुपमा जान सक्नेतर्फ सरकारको ध्यानर्कषण कार्यक्रमका वक्ताहरूले गराएका थिए । आर्थिक अवस्थाका कारण यौन व्यवसाय अपनाई रहेका युवतिको पुर्नस्थापनाका लागि काम गर्न उनीहरूको सरकारलाई अपिल थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?