यस्तो छ तपाईंको पुस ५ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल पुस ५ गते मंगलबार, ई.सं २० डिसेम्बर, २०२२ । तिथि- पौष कृष्णपक्ष द्वादशी, नक्षत्र- स्वाती, ६ः५७ बजे उप्रान्त विशाखा, योग- सुकर्मा, करण- कौलव, चन्द्रराशि- तुला, सूर्योदयः ६ः५१, सूर्यास्तः १७ः११ ।

मेष : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।

वृष : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।

मिथुन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।

कर्कट : आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।

सिंह : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

कन्या : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।

तुला : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।

वृश्चिक : आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।

धनु : आत्मविश्वास र दृढ संकल्पले लक्ष्य प्राप्ति हुनेछ ।

मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

कुम्भ : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।

मीन : लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?