बागलुङ । बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तीमाथि लागेको लागू औषध गाँजा÷चरेस सम्बन्धी कसुर ठहर भएको छ ।
निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथी लागेको कसुर ठहर भएको हो ।
जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालशले घर्ती माथी लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो ।
बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजा/चरेस-नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्धा दर्ता भएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच