शेखर-गगन समूहको बैठकमा विश्वप्रकाश शर्मा प्रवेश

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक जारी छ । पार्टी संसदीय दलको नेता चयनका लागि मतदान हुनुअघि मंगलबार बिहानैदेखि जारी शेखर–गगन समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी हुनुभएको छ ।

गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित हुनुभएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी हुनुभएको छ ।

शेखर कोइरालाले कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई समर्थन गर्नुभएको छ । कोइराला प्रस्तावक र शर्माको समर्थनमा थापाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता पनि गराइसक्नुभएको छ ।

संसदीय दलको नेतामा थापालाई शेखर–गगन समूहसहित सिंह समूहको पनि समर्थन रहेको छ । थापालाई संसदीय दलको नेतामा निर्वाचित गराउने गरी उक्त समूह लागेको छ ।

महामन्त्री शर्माले संसदीय दलको नेतामा थापालाई जिताउन सबैसँग आग्रह पनि गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?