सेयर बजार १४.२२ अंकले वृद्धि

Read Time = 1 min

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ ।

मंगलबार नेप्से परिसूचक १४.२२ अंकले उकालो लागेर १८७३.११ विन्दुमा पुगेर रोकिएको छ । सोमबार भने सेयर बजारमा करिब चार अंकले वृद्धि भएको थियो ।

मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड ८ लाखभन्दा बढीको काराेबार भएको छ ।

यस्तै, नेपाल दुरसञ्चार कम्पनीकोे सेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता सिभिल बैंकको ४ करोड भन्दा बढीको कारोबार भएको छ ।

आँधिखोला लघुवित्त वित्तिय संस्थाको र सृजनशील लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । १३ वटा उपसूचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन र अन्य इन्डेक्समा २ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?