देशलाई जोड्ने नेतृत्वका लागि गगनजीले सभापति देउवालाई समर्थन गर्नुपर्छ : प्रवक्ता महत

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र संसदीय दलको नेतामा सबैले सभापति शेरबहादुर देउवाको पक्षमा एकमत हुनुपर्ने बताउनु भएको छ ।

कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन थापाको मनोनयनपछि पत्रकारसँग बोल्दै प्रवक्ता महतले पाँच दलीय गठबन्धनलाई अघि बढाउन देउवाको नेतृत्व आवश्यक रहेको बताउनु भयो ।

संसदको रक्षा गर्दै गठबन्धनको नेतृत्व गरेर देउवाले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै प्रवक्ता महतले पुनस् गठबन्धनको गतिशीलता र मुलुकको समृद्धिका लागि देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताउनु भयो ।

उहाँले आगामी प्रधानमन्त्रीबारे पनि दलहरू चाँडै निर्णय हुने बताउनु यभो। ुहामी गठबन्धनमा छौँ । अलग अलग पार्टी छन् । सबैलाई सत्ताको नेतृत्वमा पुगुम् भन्ने इच्छा हुन्छु, उहाँले भन्नुभयो ।

उहाँले आगामी १० गतेसम्म प्रधानमन्त्रीको उम्मेदवार टुंगो लगाउने बताउनु यभो । महतले अहिले देशलाई जोड्ने नेतृत्व चाहिएकाले देउवा नै दलमा आउने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?