बेन्जेमाद्वारा सन्यास घोषणा

Read Time = 3 mins

पेरिस । फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । फिफा विश्वकप कतार–२०२२ को फाइनलमा पराजित भएसँगै उहाँले सन्यास घोषणा गर्नुभएको थियो । विश्वकप फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो ।

बेन्जेमाले फ्रान्सका लागि ९७ खेल खेल्दा ३७ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ । उहाँ फ्रान्सको सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौँ स्थानमा हुनुहुन्छ । ‘मैले प्रयास र गल्तीहरू गरेँ जुन आज म यो स्थानमा छु र मलाई गर्व छ ।’ बेन्जेमाले सन्यास घोषणा गर्दै लेख्नुभएको छ, ‘मैले मेरो कथा लेखेको छु र हाम्रो अन्त्य हुँदैछ ।’ बेन्जेमा सन् २००६ बाट फ्रान्सको टोलीबाट खेलिरहनुभएको छ ।

यता अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यास नलिने बताउनुभएको छ । विश्वकप फुटबल जितेपछि लुसेल रंगशालामा मिडियासँग प्रतिक्रिया दिँदै मेस्सीले सन्यास नलिने बताउनुभएको हो । ‘म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न आतुर छु । म राष्ट्रिय टोलीबाट बिदा लिने छैन । म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु,’ उहाँले भन्नुभयो ।

मेस्सी फिफा विश्वकप कतार २०२२ मा सर्वोत्कृष्ट खेलाडी पनि बन्नुभएको थियो । उहाँले अर्जेन्टिनालाई उपाधि दिलाउन ७ गोल गर्नुका साथै र ३ गोलमा असिस्ट गर्नुभएको थियो । फाइनलमा उहाँले दुई गोल गर्नुभएको थियो ।

यस्तै, मेस्सीले बिबिसी स्पोर्ट्स पर्सनालिटी वल्र्ड स्पोट्र्स स्टार अफ द इयर अवार्डसमेत जित्नुभएको छ । मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि तेस्रोपटक विश्वकप उपाधि जिताउनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?