रियलमी १० प्रो प्लस फाइभ जी

Read Time = 2 mins

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीको फ्ल्यागसिप लेबल कर्भ भिजन डिस्प्लेसहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपालमा भित्रिएको छ । मिड रेन्जको सबैभन्दा प्रिमियम मानिएको यो फोन कभ्र्ड भिजन डिस्प्लेका कारण चर्चित छ । नयाँ मोबाइल सार्वजनिक गर्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘रियलमी १० प्रो प्लस फाइभ जी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो, जसमा फ्ल्यागसिप लेभलको कभ्र्ड भिजन डिस्प्ले रहेको छ । डिजाइन र टेक्नोलोजीको सर्वोत्कृष्ट संगमका रूपमा रियलमी १० प्रो प्लस फाइभ जीले अगाडिका फोन जस्तै माया र विश्वास पाउनेछ ।’

कम्पनीका अनुसार नयाँ स्मार्टफोनमा २१६० हर्ज पिडब्ल्युएमको डिमिङ रहेको छ, जुन नेपालकै पहिलो हो । फोन अत्यन्तै स्लिम र तौल एक सय ७३ ग्राम रहेको छ । पाँच हजार एमएएचको शक्तिशाली ब्याट्रीका साथै १७ मिनेटमै ५० प्रतिशतसम्म चार्ज हुनसक्छ । यसमा फ्ल्यागसिप लेभलकै एक सय आठ एमपीको क्यामेरा रहेको छ ।

आठ प्लस एक सय २८ जिबीको मोबाइलको मूल्य ४५ हजार नौ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । रियलमी टेन प्रो प्लस फाइभ जी किन्ने ५० जना भाग्यशालीले एउटा सफारी ब्याग उपहारका रूपमा प्राप्त गर्नेछन् भने ६,७ र ८ गते दराजबाट किन्दा दुई हजार रुपैयाँसम्मको डिस्काउन्ट प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?