एनसेलद्वारा विश्वकप फाइनलको लाइभ स्क्रिनिङ

Read Time = 2 mins

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार २२औँ फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको छ । अन्नपूर्ण होटलको पुलसाइडमा सम्भवतः नेपालमा हालसम्मकै ठूलो स्क्रिनमध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा १९ सयभन्दा बढी दर्शकको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रमस्थलमा दुई ठूला डिजिटल स्क्रिनबाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो । आमन्त्रित निजी संघसंस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था, व्यावसायिक क्षेत्रका पाहुना, कलाकार, सञ्चारकर्मी, एनसेलका ग्राहक, कर्मचारी र उनीहरूका परिवारका सदस्यलगायतले लाइभ स्क्रिनिङको भरपुर मजा लिएको कम्पनीले जनाएको छ ।

एनसेलको पाँच सय ९९ रुपैयाँमा ६० जिबी पाइने होम एण्ड अवे डेटा प्याक खरिद गर्दा एनसेलका ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन निःशुल्क प्रवेश पास पाएका थिए । मिडिया हबको मुख्य सहयोगमा आयोजित लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकले फाइनल खेलको प्रत्यक्ष प्रसारणपूर्व आविष्कार केसी र डिजे बिपिएमको प्रस्तुतिमार्फत् गीतसंगीतको आनन्द लिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?