बालआहारमा गुणस्तर कायम हुनैपर्छ

खाना मानिसका लागि अनिवार्य छ । मानिसका लागि मात्र होइन यस जगतका सबै प्रकारका जीवले कुनै न कुनै प्रकारले खाना खाएकै हुन्छन् । खानाविना कुनै प्राणी बाँच्न सक्दैनन् । प्राणीमात्र होइन वनस्पतिहरूका लागि समेत खाना आवश्यक हुन्छ । मानिसहरूमा बालककाल सबैभन्दा बढी संवेदनशील मानिन्छ । सानो छँदा बालकले जे जस्तो खानेकुरा खान्छ सोहीबमोजिम बालकका शारीरिक तथा मानसिक विकास हुन्छ । बालककालमा राम्ररी पोषण तत्व ग्रहण गर्न पाएका बालबालिकाहरू पछिसम्म स्वस्थ र फुर्त रहन सक्छन् । शारीरिक प्रतिरोधात्कम क्षमता पनि उनीहरूमा बढी हुन्छ, यसको ठीकविपरीत सानैदेखि कुपोषणले ग्रस्त बालबालिकाको मानसिक, शारीरिक वृद्धि तथा विकास राम्ररी हुन पाउँदैन ।

शरीर स्वस्थ र विकसित भएन भने मानिसको मनले पनि त्यतैतिर ध्यान दिइरहेको हुन्छ । कुण्ठा, चिन्ता, निराशालगायत भावना मनमा सिर्जना हुने गर्छन् । यस कारण उसको सोचमा नकारात्मक आउँछ, ऊबाट स्वस्थ रूपमा कुनै काम सम्पन्न हुन सक्दैनन् । त्यसैले संसारभरिकै सम्पूर्ण देशको ध्यान बालबालिकालाई कुषणग्रस्त हुन नदिई कसरी स्वस्थ बनाउने भन्नेतिर केन्द्रित हुने गरेको छ । धनी तथा विकसित मुलुकहरूका लागि यो त्यति कठिन विषय नबन्ला, हाम्रो जस्तो सानो र असिवकसित देशका लागि निकै चुनौतीपूर्ण बन्नसक्छ । हाम्रा लागि बालबालिकाहरूलाई पोषण पु¥याउनेभन्दा खाना पु¥याउने विषय नै चुनौतीपूर्ण बनिरहेको छ । कुनै खाना पोषणयुक्त छ कि छैन भन्नेतिर ध्यान पु¥याउन हामी सकिरहेका छेनौँ किनकि हाम्रा लागि पहिले त बालबच्चालाई पेटभरि खुवाउनै चुनौती छ ।

उनीहरूलाई खुवाएको खाना कति पोषणयुक्त छ भनेर हेर्ने त्यसपछिको कुरा हो । बच्चाको पेट भरिदिन पाएमात्र पनि ठूलो सन्तृष्टि, सफलता ठान्नुपर्ने बाध्यताको अवस्थामा हामी छौँ । त्यसैले हामीले बालबालिकालाई खुवाएको खानामा पर्याप्त पौष्टिक तत्व नहुन सक्छन् । कुपोषणले ग्रस्त बन्न सक्छन् । त्यसो हुँदा उनीहरूका शारीरिक, मानसिक वृद्धि राम्ररी हुन नसकेका धेरै तथ्यांकहरू छन् । हाम्रा स्थानीय खानामा स्वाद जे जस्तो भए पनि पोषण पर्याप्त पाइन्छ तर हामी विस्तारै बट्टाबन्द तयारी खाना वा पत्रु खाना (जंकफुड) तिर आकर्षित बन्दै गएकाले हाल यस्ता समस्या बढिरहेको छन् । रैथाने उत्पादनमा शुद्धता हुन्छ यस्ता अग्र्यानिक उत्पादनहरूको प्रयोग वा उपयोग गर्नाले त्यसबाट स्थास्थ्यमा कुनै प्रकारको समस्या हुँदैन ।

मानिसका लागि आवश्यक पर्ने सबै प्रकारका तत्वहरू तिनबाट प्राप्त गर्न सकिन्छ । ती सुपाच्य हुन्छन् र बालबालिकाका लागि उनीहरूको मानसिक तथाशारीरिक विकासका लागि यसले सकारात्मक प्रभाव छोड्न सकेको हुन्छ । मानिसले जंगली आवस्थाबाट आएर कृषि प्रणाली अपनाएयता उनीहरूले स्वस्थ खानेकुराको प्रयोग गर्दै आएका हुन् । यो प्रक्रिया इतिहासको निकै लामो समयसम्म रहन गयो तर हालका केही दशकदेखि यता विश्वमा आधुनिक विज्ञान प्रविधिले एकाएक निकै फड्को मारेका कारण हाल परम्परागत कृषि प्रणालीको बाटो बदलिन पुगेको छ । खेती गर्ने तरिका मात्रै होइन खेतीमा प्रयोग हुने औजारहरू पनि फेरिएका छन् ।

आजकाल कृषि प्रणाली यान्त्रिक बन्दै गएको छ । यन्त्रमा इन्धन प्रयोग हुन्छ र त्यसको प्रभाव उत्पादनमा पर्छ । अझ सोझै प्रयोग गरिने रासायनिक मल, उन्नत बिउबिजन कीटनासक विषादीलगायत कुराले समग्र कृषि प्रणाली नै एकातिर परिवर्तन भएर सहज, उत्पादक भएको देखिन आएको छ तर यथार्थमा उक्त प्रणाली जति मानवीय थियो त्यो त्यति नै स्वास्थ्यकर थियो । आजकाल तयारी बट्टाबन्द र पाकेटबन्द खानेकुराका कारण बालबच्चा त्यता अकर्षित बन्न पुगेका छन् । घरमा बनाइरहनु नपर्ने, छिटोछरितो गरी भोक मार्न पाइने, बच्चाहरूलाई अल्मल्याउन सजिलो हुने आकर्षक स्वाद पाइने जस्ता कारणले पत्रुखाना बच्चाले मन पराउँछन् ।

तर, तिनमा हानीकारक रसायन, रङ आदिको प्रयोगले, मिति सकिँदै गएर पुराना बनेका कारण शरीरलाई चाहिँने तत्वहरूको कमीमात्र होइन उल्टै हानीकारक तत्वहरू रहेका हुन्छन् । यस्तो चुनौतीपूर्ण अवस्थामा बालआहारमा गुणस्तर कायम गर्न निकै कठिन छ । तैपनि सरकारबाट बालआहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत भएको छ । यसलाई एउटा सकारात्मक कार्य मानेर सोही उद्देश्यबमोजिक त्यसको कार्यान्वयनको अपेक्षात गर्नु हालका लागि उचित हुन आउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?