बैतडी शिक्षक मृत्यु प्रकरणः पाटन नगरपालिकामा तालाबन्दी, बिहानैदेखी राजमार्ग अवरुद्ध

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै दिनप्रतिदिन आन्दोलन चर्किदै गएको छ । मंगलबार दिनभर अवरुद्ध रहेको दशरथचन्द राजमार्ग बुधबार बिहानै देखी संघर्ष समितीले फेरी सडक अवरुद्ध पारेका छन् भने पाटन नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

स्थानीय सरकारले पीडितको न्यायका लागि सहयोग गर्नुपर्नेमा दबाब दिन नगरपालिकामा तालाबन्दी गरिएको संघर्ष समितीका संयोजक एवं शिक्षक बिष्टका आफन्त लीला बिष्टले बताउनुभयो । ‘स्थानीय सरकारले पीडितको पक्षमा बोल्नुपर्ने हो , मौन छ त्यसकारण न्याय प्राप्तीका लागि दबाव दिनका लागि तालाबन्दी गरिएको हो ’ संयोजक बिष्टले भन्नुभयाे ‘अब पनि मौन बसे आन्दोलनका कार्यक्रम सशक्त बन्छन्। ’

संघर्ष समितिले आज बिहानै देखी दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन्। शिक्षक बिष्टको मृत्यु शंकास्पद रहेकाले दोषी चाडो भन्दा चाडो पत्ता लगाउन माग राख्दै दशरथचन्द राजमार्ग अवरुद्ध पारेको संघर्ष समितिले जनाएको छ । यस्तै नगरक्षेत्रभित्रका बजार र विद्यालय पनि बन्द रहेका छन् ।

यही पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन् । पौष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका शिक्षक भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । सुर्नया गाउँपालिका-२ ग्वानी घर भएका शिक्षक बिष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए । आफन्तले मृत्यु नभइ हत्या भएको भन्दै शव बुझेका छैनन् ।

प्रहरीले घटनाको सुक्ष्म तरीकाले अनुसन्धान भैरहेको जनाएको छ । मंगलबार देखी सिआइवीको टोलीले घटनाको अनुसन्धान गरीरहेको छ । ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?