जुम्लामा मानवअधिकार उल्लंघनका घटना बढ्दै

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

जुम्ला । जुम्लामा पछिल्लो समय मानव अधिकार उल्लंघनका घटना बढ्न थालेका छन् । मानव अधिकारसम्बन्धी काम गरिररहेको गैरसरकारी संस्था इन्सेकले संकलन गरेको तथ्यांकअनुसार जुम्लामा एक वर्षमा १२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् ।

संकलित घटनाहरूको थप विवरण पुष्टि गर्ने र छुटेका घटना थप गर्ने उद्देश्यले मंगलबार सदरमुकाममा आयोजित समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले १७ पुस ०७८ देखि ४ पुस ०७९ सम्म संकलन गरिएका २१ वटा घटना प्रस्तुत गरेका  थिए ।

कार्यक्रममा सम्मानित रुपले बाँच्न पाउने अधिकार, हत्या कुटपिट चार वटा, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहार आठ वटा, स्थानीय तहको निर्वाचनमा झडप ती वटा, घरेलु हिंसा पाँच वटा, आवासको अधिकार एक वटा र एक वटा विपद्को घटनाबाट अधिकार हनन भएको बताइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विपद्ले ३५ करोड बराबरको क्षति भएको बताउनुभयाे । उहाँले  जिल्लाभर ३० करोड बराबर ६०५ ओटा घर पूर्ण रुपमा क्षति भएका छन् । पाँच करोड बराबर १९ सय घर आंशिक रुपमा क्षति भएका छन् ।

यस्तै, १० जना मानवीय क्षति र पशुपंक्षी, कृषियोग्य जमीनमा पनि क्षति भएको उहाँले बताउनुभयाे । उहाँले विपद्बाट भएका सबै क्षति बारे गृह मन्त्रालयमा प्रतिवेदन पठाएको बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?