मेसीका लागि पढाइ छाडेकी एन्टोनेला

Read Time = 2 mins

लसएञ्जल्स । लियोनल मेसीले फिफा वर्ल्डकप २०२२ मा अर्जेन्टिनालाई ऐतिहासिक जित दिलाए । फ्रान्सलाई हराएर अर्जेन्टिनाले उपाधि जितिरहँदा मेसीभन्दा बढी खुसी उनकी श्रीमती एन्टोनेला रोकुजो नै भइन् ।

मेसी पत्नी एन्टोनेला कुनै स्टारभन्दा कम छैनन् । एन्टोनेला एक प्रख्यात मोडल हुन् । उनले डेन्टिस्ट विषय पढेकी छन् । तर मेसीलाई सहयोग गर्न उनले आफ्नो पढाइलाई नै छोडिन् र मेसीसँग बस्न बार्सिलोना पुगिन् । बीचैमा पढाइ छोडेकाले उनी डेन्टिस्ट त भइनन्, तर उनले मोडलिङमा भाग्य चम्काइन् ।

एन्टोनेला र मेसी पाँच वर्षयता सँगै छन् । दुवैले सन् २०१७ मा विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन् । तर फिटनेस र सुन्दरताको मामिलामा एन्टोनेला कुनै अभिनेत्रीभन्दा कम छैनन् ।

एन्टोनेला सामाजिक सञ्जालमा राज नै गर्छिन् । उनको इन्स्टाग्राममा २४ दशमलब ९ मिलियन फलोअर्स छन् । उनी ३४ वर्षकी भइन् । उनी प्रायः विकिनी लुक्सका कारण चर्चामा आउँछिन् । एन्टोनेला विशेष विकिनी लुक्सका कारण चर्चामा आउँछिन् । उनी प्रायः विकिनी तस्बिर सेयर गरेर फ्यानलाई ‘क्लिन बोल्ड’ गर्छिन् ।

उनको इन्स्टाग्राम हेन्डल हेर्दा एन्टोनेला र मेसीलाई समुन्द्री तटमा रोमान्टिक मुद्रामा बसेको देख्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?