काठमाडौं । धोबिखोला करिडोर क्षेत्रमा रहेका अनधिकृत संरचना भत्काउँदा काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । काठमाडौं महानगरपालिकाले बुधबार मदन भण्डारी कलेज नजिकदेखि मैतीदेवीसम्म रहेका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेकाले सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको हो ।
यस्तै हनुमानस्थान भाटभटेनीदेखी मैतीदेवीसम्म भने सडक पिचको काम भइरहेकाले सवारी व्यवस्थापनमा थप समस्या देखिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार हनुमानस्थान थापागाउँ हुँदै चल्ने ठूला सवारी साधनलाई भने माइतीघर हुँदै सञ्चालन गराइएको छ ।
यसबाहेक कोटेश्वर, नयाँबानेश्वर, केशरमहल, लैनचौर, सिंहदरबार, पुतलीसडक, नारायण गोपालचोक, चाबहिल, गौशाला, सातदोबाटो र ग्वार्कोमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच