आहा रारा गोल्डकपमा १० टोली

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । अर्को साताबाट सुरु हुने २२औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीको टुंगो लागेको छ । पोखरा रंगशालामा पुस १४ देखि २३ गतेसम्म हुने प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिता पुस १४ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार
प्रतियोगितामा साबिक विजेता नेपाल एपिएफ क्लब, साबिक उपविजेता मनाङ मस्र्याङ्दी क्लबसहित त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाइएस्सी, मच्छिन्द्र क्लब, नेपाल प्रहरी फुटबल क्लब, संकटा क्लब, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले सहभागिता जनाउनेछन् ।

यसपटक विजेताले १२ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रथम पुरस्कारमा दुई र दोस्रोमा एक लाख वृद्धि गरिएको हो । २०५८ सालमा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औँ संस्करणबाट आहा रारा पोखरा गोल्डकप नामाकरण गरी प्रतियोगिता सञ्चालन हुन लागेको हो । बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको एकेडेमीमा १३ जना बालक आश्रित रहेको सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ (सुरज)ले बताउनुभयो ।

प्रतियोगिताबाट एक करोड ५९ लाख ५० हजार रुपैयाँ आम्दानी र एक करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसी स्मृतिमा प्रदान गरिने जनाइएको छ । सहप्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रालि नागढुंगा, एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी, अफिसियल बैंक लुम्बिनी विकास बैंक, अनलाइन टिकेटिङ पार्टन माइपे, अफिसियल स्पोट्र्स वयर एक्स टेप, एयरसन इन्टरन्यासनल प्रालि इन्टरनेट पार्टनर, पब्लिक फोरके टेलिभिजन प्रत्यक्ष प्रसारण, अफिसियल एयर लाइन्स बुद्ध एयर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल