काठमाडौं नाइट राइडर्सको टोली घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल टी-ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाइज टोली काठमाडौं नाइट राइडर्सको टोली घोषणा भएको छ । काठमाडौंले १५ सदस्यीय टोलीको घोषणा गरेको हो । घोषित टोलीमा ११ नेपाली तथा चार विदेशी खेलाडी रहनुभएको छ । काठमाडौंको मार्की खेलाडी ज्ञानेन्द्र मल्ल रहनुभएको छ । कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ । काठमाडौंले प्रतियोगिताको उद्घाटन खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ । पहिलो दिन नै लुम्बिनी अलस्टार्स र फारवेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछन् ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहनेछ । यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फारवेस्ट युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अलस्टार रहेका छन् ।

काठमाडौंको टोलीमा विरनदिप सिंह, रायन वर्ल, अजमतुल्लाह उमरजाई, एलेक्स बाल्की विदेशी खेलाडीका रूपमा हुनुहुन्छ । ज्ञानेन्द्र मल्ल, अनिल खरेल, गौतम केसी, कमलसिंह ऐरी, बासिर अहमद, अविनाश बोहोरा, सन्दीप रजाली, सन्तोष कार्की, सौरभ खनाल, लोकेश बम र सुनम गौतम रहनुभएको छ ।

यस्तै, नेपाल टी-२० लिगकै अर्को टोली जनकपुर रोयल्सले वेस्ट इण्डिजका ट्रेभोन ग्रिफिथलाई कप्तानको जिम्मेवारी दिएको छ । वेस्ट इण्डिजबाट घरेलु क्रिकेट खेल्ने उहाँले २१ प्रथम श्रेणी, ३४ लिष्ट ए र १८ टी-२० खेल खेल्नुभएको छ । यस्तै, टोलीको उपकप्तानमा सोमपाल कामी हुनुहुन्छ ।

जनकपुरको टोलीमा सोमपाल कामी, सन्दीप जोरा, मोहम्मद आदिल आलम, दीलिप नाथ, ललितनारायण राजवंशी, सुसन भारी, सागर पुन, पवन सरार्फ, जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी, चाडविक वाल्टन, ट्रेभोन ग्रिफिथ, केस्रिक विलियम्स, अशान प्रियान्जन, शराफुद्दीन असरफ र सामिउल्लाह शिनवारी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?