अन्ततः एनएसएलको टुंगो लाग्यो, एनएसइएम र एन्फाबीच नयाँ सम्झौता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको विवादपछि अनिश्चित बनेको नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को अन्ततः टुंगो लागेको छ । पहिलो संस्करण आयोजनापश्चात् ‘ए’ डिभिजन क्लबहरूसँग बढेको विवादका कारण एनएसएल अनिश्चित बनेको थियो । तर, एन्फासँग आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)प्रालिको नयाँ सम्झौता भएसँगै एनएसएलको टुंगो लागेको हो । आयोजक एनएसइएम र एन्फाबीच आठ वर्षको नयाँ सम्झौता भएको छ । सम्झौताअनुसार आठ वर्षका लागि आयोजक एनएसइएमले एन्फालाई १७ करोड २१ लाख रुपैयाँ दिनेछ ।

सम्झौतापत्रमा एनएसइएमकी अध्यक्ष आश्रयता कार्की चौधरी तथा एन्फाका महासचिव किरण राईले हस्ताक्षर गर्नुभयो । अध्यक्ष चौधरीका अनुसार एन्फालाई पहिलो सिजनका लागि दिनुपर्ने एक करोड ५० लाख रुपैयाँको चेक पनि दिइसकिएको छ ।

यद्यपि यस वर्ष एनएसएल हुने सम्भावना एकदमै न्यून छ । एन्फाले पुस २६ गतेदेखि ‘ए’ डिभिजन लिग सुरु गर्ने जनाएकाले एनएसएलका लागि मिति उपलब्ध हुन गाह्रो भएको हो । सम्झौता कार्यक्रममा एन्फाका प्रवक्ता सुरेश शाहले पनि अर्को वर्ष एनएसएल हुने र मिति ठ्याक्कै नतोकिएको बताउनुभयो ।

‘यस वर्ष ‘ए’ डिभिजनको मिति नजिकिसकेको छ । एन्फाको अहिले पूरै ध्यान ‘ए’ डिभिजन लिगमा नै छ,’ प्रवक्ता शाहले भन्नुभयो, ‘हामीले उहाँहरूलाई अर्को वर्ष तयारी गर्न भनेका छौँ । उहाँहरूलाई भदौ र कात्तिकको बीचमा दुई महिनाको समय दिइएको छ ।’

पहिलो संस्करणमा सात फ्रेन्चाइजी टोलीले सहभागिता जनाएका थिए । दोस्रो संस्करणमा तीन टोली थप्दै १० टोली पुर्‍याइएको थियो । दोस्रो संस्करणका लागि खेलाडी अक्सनसमेत भइसकेको अवस्था थियो तर क्लब, एन्फा र आयोजकबीचको विवादका कारण प्रतियोगिता अघि बढ्न सकेको थिएन । एनएसएलको पहिलो सिजन काठमाडौं रेजर्सले जितेको थियो भने धनगढी एफसी उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
समावेशी शिक्षा प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक : शिक्षामन्त्री पोखरेल नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव…