टोकियो । जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको संख्या आठ लाखभन्दा कम हुने जनाएको छ । मन्त्रालयको प्रारम्भिक तथ्यांक अनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले घटेर छ लाख ६९ हजार ८७१ मा झरेको छ । गत वर्ष आठ लाख ११ हजार ६०४ नवजात शिशुको वार्षिक संख्या सात लाख ७० हजार पुग्ने अनुमान गरिएको छ ।
सन् १८९९ मा जापान सरकारले जन्मको तथ्यांक संकलन सुरु गरेयता पहिलो पटक यो संख्या आठ लाखभन्दा तल झरेको छ ।
सरकारले अनुमान गरेभन्दा छिटो जन्मदर घटिरहेको जापानी अधिकारीले जनाएका छन् । जापानको ‘नेसनल इन्स्टिच्युट अफ पपुलेसन एण्ड सोसल सेक्युरिटी रिसर्च’ले सन् २०१७ मा सन् २०२२ मा कूल जन्मदर आठ लाख ५० हजार र सन् २०३० मा आठ लाखभन्दा तल झर्ने प्रक्षेपण गरेको थियो ।
जापानको बढ्दो उमेरको समाजमा घट्दो जन्मदरले पेन्सन र वृद्धवृद्धाका लागि चिकित्सा सेवाजस्ता सरकारी सामाजिक सुरक्षा कार्यक्रमको भविष्यको वित्त पोषणका लागि खतरा उत्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ । रासस/सिन्हृवा ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका