दर्ता प्रक्रियामा ‘इनड्राइभ’

Read Time = 2 mins

काठमाडौं । इनड्राइभले सन् २०१९ देखि नै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बमोजिम नेपालमा कानुनी संस्था दर्ता गराउने प्रक्रियामा रहेको जनाएको छ । कम्पनीले विदेशी लगानी आवेदन उद्योग विभागमा बुझाइसकेको भए पनि दर्ता प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ ।

कम्पनीले देशमा आफ्नो गतिविधिबाट कुनै आम्दानी र नाफा नकमाउने र चालकबाट कुनै कमिसन नदिने जनाएको छ ।
इनड्राइभले स्थानीय ड्राइभरका लागि थप आम्दानीका अवसर सिर्जना गरेर स्थानीय अर्थ व्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार इनड्राइभका साथ नेपाली चालकले पैसा कमाउने अवसर पाउने र सबै नेपालीले आफ्नो दैनिक सवारीमा यात्रा गर्दा पैसा बचत गर्न सक्नेछन् । इनड्राइभले यात्रु र चालक दुवैका लागि सेवालाई सुरक्षित बनाउन प्रयास गर्ने जनाएको छ ।

विश्वव्यापीरूपमै ट्याक्सी व्यवसाय जोखिमयुक्त र खतरनाक हुनसक्ने भए पनि राइड हेलिङका आधारभूत विशेषताहरू जस्तै सवारी ट्र्याक गर्न सकिने र अर्डर संकलन गर्न सकिने तथ्यले निश्चित जोखिम कम गर्न सहयोग पु¥याउने कम्पनीकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पविता नन्दाको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?