स्ट्याण्डर्ड चार्टर्डको बैंकिङ प्रशिक्षण

Read Time = 2 mins

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले तेस्रो चरणको बैंकिङ प्रशिक्षण सम्पन्न गरेको छ । बैंकिङ क्षेत्रका नयाँ र विश्व अभ्यासलाई नेपाली बैंक तथा वित्तीय क्षेत्रलाई जानकारी गराउने उद्देश्यले आयोजित प्रशिक्षणमा एक सय १० बैंंकर्स सहभागी रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले स्ट्याण्डर्ड चार्टर्डले बैंकिङ एकेडेमीमार्फत् आफ्नो विश्वव्यापी अनुभव र अभ्यास नेपाली वित्तीय क्षेत्रमाझ साझेदारी गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्भान घोषले बढ्दो वित्तीय अपराध नियन्त्रण गर्न विश्वव्यापी ज्ञान तथा अनुभव साझेदारीले नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई सचेत गराएको बताउनुभयो । प्रशिक्षणमा आसियान तथा दक्षिण एसिया क्षेत्रीय प्रमुख शिवरमण सुब्रमनियाले अन्तर्राष्ट्रिय व्यापारमा बदलिँदो भूपरिवेशका आधारमा हुनसक्ने मुद्रा निर्मलीकरणका जोखिमबारे चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?