बैतडी । जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटी र निक साइमन इन्स्टिच्युटले गरेको संयुक्त अनुगमनमा जिल्ला अस्पताल बैतडी सेवा प्रदानको हिसाबले प्रदेशकै उत्कृष्ट देखिएको हो । सो अनुगमनका क्रममा जिल्ला अस्पतालले ८९ प्रतिशत अंक ल्याएर पहिलो नम्बरमा रहेको हो । अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका प्राविधिक सुविधा, भौतिक व्यवस्थापन र जनशक्तिलगायत सूचकका आधारमा अंक प्रदान गर्ने गरिन्छ ।
जिल्ला अस्पताल बैतडीमा आठजना विशेषज्ञ डाक्टरले सेवा दिइरहेका छन् । चारजना मेडिकल अधिकृत, एक हाडजोर्नी विशेषज्ञ, एकजना एमडिजिपी, एकजना एनेस्थेसियोलोजिस्ट र एकजना डेन्टल सर्जज गरी आठजनाले सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेश क्षेष्ठले जानकारी दिनुभयो । ‘अहिले नयाँ भवनबाट सेवा दिइरहेका छौँ, केही उपकरणहरू पनि थपिएका छन्, सेवा सुविधा पनि थपिएको भएर यो उपलब्धि हासिल भएको हो,’ डा. श्रेष्ठले भन्नुभयो ।
जिल्ला अस्पतालमा न्यूनतमदेखि विशिष्ट चिकित्सकीय सेवा प्रदान भइरहेको उहाँले बताउनुभयो । नयाँ भवनबाट सेवा प्रदान भएदेखि आइसियुसहित ५० शैय्याको भवन संरचनाबाट सेवा प्रदान भइरहेको छ । स-साना समस्या पर्दासमेत भारतको पिथौरागढ जाने यहाँका बिरामीहरूले अहिले जिल्ला अस्पतालबाटै सेवा हुँदा सहज भइरहेको स्थानीय निर्मला टेरले बताउनुभयो । ‘हात भाँच्चिएको अवस्था र दाँत दुखेको अवस्थामा समेत हामी पिथौरागढ जान्थ्यौँ, अहिले सानो समस्यादेखि जटिल खालका रोगहरूको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ, खुसी लाग्यो,’ सेवाग्राही निर्मला टेरले भन्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका