प्रतिनिधि सभा सदस्यको शपथ अघि सर्वदलीय बैठक आह्वान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउनुअघि आज सर्वदलीय बैठक बस्दै छ । शपथलाई व्यवस्थित बनाउन भन्दै संसद्‌का ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

आज मध्याह्न १२ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता रहनेछ ।

प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व छ भने ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रतिनिधि सभामा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ३, जनमोर्चाका १, नेमकिपाका १ र स्वतन्त्र ५ सांसद रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?