स्पा सेन्टरको नाममा अनैतिक क्रियाकलाप गर्ने १५ जना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरबाट १५ जनालाई पक्राउ गरेको छ । कार्यालयले अनुगमनको क्रममा अनौतिक क्रियाकलाप गरेको फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको हो ।

रुपन्देही प्रहरीले भैरहवाको आवारोडस्थित हनि स्पा एण्ड सैलुन र बैंक रोडस्थित युनिक स्पा एण्ड सैलुनमा अनुगमन गरेको हो । उक्त स्पा सेन्टरको नाममा बारम्बार उजुरी आएपछि अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा प्रहरीले शंकास्पद क्रियाकलापमा संलग्न रहेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ । स्पा सेन्टरमा मापदण्ड विपरितका काम भइरहेको गुनासोका आधारमा अनुगमन गरिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा युनिकबाट तीन महिला र तीन पुरुष गरी ६ जना र हनिबाट चार पुरुष र पाँच महिला गरी नौ जनालाई नियन्त्रणमा लिइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?