गण्डकी सरकारले प्रदेशका सबै अस्पताल स्तरोन्नति गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका सबै सरकारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । आफ्नो मातहतमा रहेका जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्न लागेको हो । यहाँ प्रदेश मातहत रहेका सबै अस्पतालको क्षमता ३१५ बेड मात्रै छ । त्यसलाई बढाएर ९ सय पुर्‍याउने तयारी स्वास्थ्य मन्त्रालयको छ ।

उक्त प्रश्ताव बुधबारको मन्त्रिपरिषद् बैठकमा पास भएको हो । तर, आर्थिक दायित्व बढी हुने भन्दै थप अध्ययन गर्नुपर्ने प्रस्ताव छ । ‘१५ शय्यालाई २५, २५ लाई ५० बनाउने प्रश्ताव हो । बनाउन सके राम्रो हुन्छ,’ प्रबक्ता मणिभद्र शर्माले भन्नुभयाे, ‘अहिले अध्ययन गर्नुपर्छ भन्ने निर्णय भएको छ । नीतिगत रुपमा पास भएको छ । यो सबैका लागि राम्रो निर्णय हो ।’

तर, कति खर्च लाग्छ भन्ने कुनै टुंगो छैन । कार्यकालको अन्तिममा नयाँ सरकारलाई बढी बोझ हुने निर्णय गर्न नहुने अधिकांश मन्त्रीहरुको सुझाव थियो । त्यसैले बजेटमा नगई नीतिगत निर्णयमात्रै गरिएको शर्माले बताउनुभयाे ।

उहाँका अनुसार ५० शय्याको धवलागिरी अस्पताल २ सय बेडको हुने छ । अन्य अस्पताल पनि सोही अनुपातमा स्तरवृद्धि हुने सरकारले जनाएको छ । मन्त्रिपरिषद् बैठकले पर्यटनसम्बन्धी कार्यविधि पास गरेको छ ।

जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयलाई नै पर्यटनको कार्यालय मान्ने गरी प्राविधिक नियुक्त गर्ने निर्णय भएको हो । यसबाहेक प्रदेशको दलित सशक्तिकरण कार्यविधि पनि मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?