माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड निर्विरोध

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्षसमेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड चयन हुनु भएको छ। माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो ।

माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो ।

बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?