सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ गठबन्धनका तीन  शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल सुरु भएको हो ।

संसदीय दलको नेता चयन भएलगत्तै सरकार गठनको बिषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुग्नुभएको हो । केहीबेर अघि सोही बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालपनि पुग्नुभएको छ ।

जारी छलफल आगामी सरकार निर्माणलगायत शक्ति बाँडफाँडमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आगामी सरकारमा कांग्रेसले सरकारको नेतृत्व र राष्ट्रपतिमा दावी गरिरहेको छ भने माओवादीले पनि पहिलो सरकारको नेतृत्वमा दावी गरिरहेको छ ।

सरकारको नेतृत्वसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा प्रदेश सरकारहरूको नेतृत्व बाँडफाँडसमेत शीर्ष नेताको छलफलका एजेन्डा रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समयसीमा घर्किन लागिरहेको छ । सत्तारुढ दलहरु शक्ति बाँडफाँडमा सहमति गरेर सरकार निर्माणमा सक्रियता देखाएका छन् ।

आउँदो आइतबार साँझ ५ बजेभित्र प्रधानमन्त्री पदको दाबी गर्न समय दिइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?