नेपाल टी ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको मिति फेरि सर्‍याे

Read Time = 2 mins

काठमाडौं । नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ ।

यही पुस ८ गतेदेखि सुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि सुरु गरिने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभएको छ । उहाँले केही प्रविधिक कारणले प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको बताउनुभयो । उक्त प्रतियोगिताको मिति सरेको यो तेस्रो पटक हो । यसअघि असोज ८ र मङ्सिर २६ गते उक्त प्रतियोगिता सञ्चालन गर्ने तय भएको थियो ।

यसैगरी क्यानले नेपाल टी ट्वान्टी लिग प्रतियोगिताको निर्देशकमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरेको छ ।

कीर्तिपुरसिथत त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहनेछ । काठमाडौँ नाइट, पोखरा एभेन्र्जस, फार वेस्र्टन युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारले प्रतियोगितमा भाग लिनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?