प्रोटिन सचेतनाका लागि दौड प्रतियोगिता हुने

Read Time = 3 mins

काठमाडौं । राइट्स टु प्रोटिन रन भन्ने नाराका साथ प्रोटिनजन्य पदार्थमा मानिसहरूको पहुँच बढाउने उद्देश्यले हाफ म्याराथन आयोजना हुने भएको छ । नेपाल भेटेरिनरी एसोसिएसनले बिहीबार पत्रकार सम्मेलन गरी माघ ७ गते म्याराथन आयोजना गरिने जानकारी दिएको हो । अघिल्लो म्याराथनमा दुई हजार तीन सय सहभागी रहेकोमा यस वर्ष तीन हजारदेखि पाँच हजारजनाको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

एसोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले प्रोटिन अभावका कारण नेपालमा पनि लाखौं मानिस कुपोषणको शिकार हुने गरेको र ४० लाख बालबालिका पुड्को हुने समस्याबाट पीडित रहेको बताउनुभयो ।

ADVERTISEMENT

खासगरी प्रोटिनजन्य पदार्थ दूध, माछा, मासु, अण्डा, गेडागुडीलगायतको हिस्सा कम हुँदा कुपोषित हुने, पुड्को हुने जस्ता समस्या आउने भएकाले जनचेतनाका कमीका कारण प्रोटिनजन्य खानेकुरामा प्रेरित गर्ने उद्देश्यले हाफ म्याराथन आयोजनाको सुरुवात गरिएको आयोजकले जनाएको छ ।

विभिन्न विधामा हुने प्रतियोगितामा सहभागी उत्कृष्टलाई पुरस्कारसमेत व्यवस्था गरिएको छ । बिहान सात बजे दशरथ रंगशालाबाट सुरु हुने दौड सोही ठाउँमा आएर टुंगिनेछ । गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ तीर्थ पुन प्रथम हुनुभएको थियो ।
प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षासम्मका विद्यार्थीलाई पाँच किलोमिटर (पुरुष) र तीन किलोमिटर (महिला) र फरक क्षमता भएका व्यक्तिका लागि हिृवलचेयर विधाका दौड समावेश छन् । पुरस्कार राशि करसहित १३ लाख ७६ हजार छ सय ६६ रुपैयाँ रहेको छ । प्रथम पुरस्कार एक लाख रहेको छ भने पाँचाँै स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको छ । कार्यक्रममा सहभागी हुन इसेवा वा फोनपेबाट तीन सय रुपैयाँ शुल्क तिरी अनलाइनबाट रजिष्टे«शन गर्न सकिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?