बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिँदै

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (शुक्रबार) पदबाट राजीनामा दिने हुनुभएको छ ।

धादिङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले बिहीबार सदस्य पदको शपथ लिएपछि आज राजीनामा दिन लाग्नुभएको हो ।

मुख्यमन्त्री पदमै रहेर शपथ खाएको भन्दै हिजो उहाँको सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

आज हेटौंडा पुगेर पाण्डेले राजीनामा दिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?